इन्द्रेणी संवाददाता
दाङ । नयाँ बजार सहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ । घोराही उप–महानगरपालिका –१४ नयाँ बजार स्थित तीनकाुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका छन । पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको छ । चारवटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ ।
भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥र्याउँनु पर्ने बताए । त्यसका लागि स्थानिय स्तरवाटै नागरिकले आवाज उठाउँनु पर्ने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका महराले स्थानिय निकाय, सरकारका तर्फबाट भएका कामको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताए । अधिकासं स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भएपनि त्यसमा आबश्यक पर्ने उपकरण नहुदा स्वास्थ्य सेवामा समस्या देखिएको वताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने उनको भनाइ रहेको थियो । त्यस अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पु¥र्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको बताए ।
त्यसका साथै अहिले घोराही उप–महानरपालिकाले १५ बेडको अस्पताल निर्माणको काम थालनी भइहेको बताए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गरेकी थिइन ।
महराद्वारा सहरी स्वास्थ्य क्लिनिकको भवन उद्घाटन
