काठमाडौं, २९ साउन । यसअघि अतिआवश्यकीय सेवाका सवारी साधनलाई एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि पास दिदै आएको सरकारले आजदेखि त्यो सेवा पनि बन्द गरेको छ ।
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो । योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।