Indrenionline.com

माडीचौरमा एकीकृत बस्ती विकास कार्यक्रम

रोल्पा, २९ साउन । रोल्पाको माडीचौरमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन भएको छ । माडीचौरको बस्तीलाई व्यवस्थित गर्ने उद्देश्यले सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत गत आर्थिक वर्षमा ३ करोड १२ लाख २५ हजारको काम सम्पन्न भएको हो ।

गत वर्षदेखि शुरू भएको बस्ती विकास कार्यक्रम अन्तर्गत पहिलो वर्ष माडीचौरको बीचमा रहेको २२७ मिटर सडक कालोपत्रका लागि ग्राबेल, रिटेनिङ वाल निर्माणको काम सम्पन्न भएको छ ।

माडीखोलादेखि मिसिबाङसम्मको १ किलोमिटर सडक कटिङ, कृषि क्याम्पससम्म जाने बाटो सुधार र सामुदायिक भवन निर्माणको काम भएको सहरी विकास तथा भवन निर्माण कार्यालय रोल्पाका इन्जिनीयर ईश्वर देवकोटाले बताए अभियानमा खबर छ ।। चालू आर्थिक वर्षमा पनि एकीकृत बस्ती विकासका लागि थप काम हुने कार्यालयले बताएको छ ।