पाल्पा, २८ साउन । जीप दुर्घटना हुँदा दुई जनाको ज्यान भएको छ भने पाँच जना भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा परी निस्दी ५ गल्धाका पटकसरका सुमित्रा सारु , सेरमती सारु , लक्ष्मी सारु र शुसिला सारु, निस्दी ४ मित्याल झ्यालतुङका सृजना गाहा र निस्दी ४ मित्याल , काफलका विष्णु माया सारु घाइते भएका छन् ।
घाइते पाँच जनाको तानसेनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको पाल्पा प्रहरीले जनाएको छ । जीप निस्दीको ज्यामिरेबाट गल्धातर्फ आउदै गर्दा गएराति दुर्घटना भएको हो ।