काठमाडौं, २८ साउन । उच्च अदालत पाटनले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील भट्टलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
सार्वजनिक–निजी साझेदारी ऐन २०७५, दफा १२ को ३ ले निर्दिष्ट गरेको योग्यता नपुगेको तथा दक्ष र स्वच्छ छविका नदेखिएको हुँदा त्यस्तो व्यक्तिलाई सिफारिस गर्ने तथा नियुक्ति गर्ने कार्य गैरकानुनी भएकाले बदर गराउन माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले मन्त्रिपरिषद् निर्णय बदरको माग रिट दायर गरेका थिए ।