इन्द्रेणी संवाददाता
करिब नौं महिना अघि सररकार गठन गर्दा नेकपा एमाले र तत्कालिन एमओवादी बीच भएको नौ बुँदेसँगै पर्दा पछाडि केही अलिखित सहमति भएको कुरा त्यतिबेला नै सार्वजनिक भएको थियो तर माओवादी केन्द्रले योबारे समय आएपछि मात्र मुख खोल्ने भनिरह्यो ।
भद्र सहमतिको रहस्य खुलिसकेको छ । यसबाट राष्ट्रिय राजनीति नयाँ बाटोमा प्रवेश गरेको छ । अब सहमति अनुसार प्रधानमन्त्री ओलीले काँध फेर्न राजीनामा दिनुपर्ने र एमालेको समर्थनमा यही गठवन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएपनि अलिखित सहमति कार्यान्वयन गर्न एमाले ले आनाकानी गरेपछि माओवादी केन्द्र समर्थन फिर्ता लिने मनस्थितीमा पुगे संगै करिब नौ महिना लामो सत्ता समीकरण तोडिने संभावना छ