काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ ।
अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने कोरोना नदेखिएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।