Indrenionline.com

“श्रमजीवी पत्रकारका माग पूरा नभए नेपाल पत्रकार महासंघ श्रमअदालत जान तयार छ”-जी.एम.

दाङमा घर भएर विगत लामो समयसम्म दाङलाई नै कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका र हाल नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका  महासंघका सचिव उदय जिएमसँग वर्तमान समयमा पत्रकारितामा परेको असर र पत्रकारिताको चुनौतीलगायतका विविध विषयमा इन्द्रेणी अनलाइनले गरेको कुराकानीको सार संक्षेप ।   – सम्पादक

– हो बैक जम्मा छैन भने पनि गर्नु र्पयो । किन गर्नु र्पयो भने पत्याउने कुरा गर्नु र्पयो नि त जसका लागि उसले सारा जीवन खर्ची सक्यो । आफ्ना एउटा उर्वर जीवन त्यहा खर्चिसक्या छ र यस्तो बेलामा अप्ठ्यारोमा परेको बेलामा मिडिया हाउसले तलब दिन सकिन्न भन्ने कुरा मान्न सकिन्न र त्यही अवस्थामा कुरा अगाडि बढाइएको हो ।

– अलिकति सहज परिस्थिति देखिएको हुनाले हामिले हाम्रो दशौँ पूर्ण बैठकबाट हेटौंडामा राष्ट्रिय भेलाको आयोजना गरेका हौँ । यो किन पनि गरिएको हो भने अब पत्रकार महासंघको कार्यकाल भदौ ५ गत्ते हामी महाधिवेशन भयो र ६ गते हामी निर्वाचित भयौं । त्यसकारणले पनि हाम्रो कार्यकाल समाप्त हुदैछ केही दिन पछि त्यसैले यही अवधी भित्र कम्तिमा महाधिवेशनको मिति चाहि घोषणा गरौ भन्ने हो । तर यो असहज परिस्थिति भएपछि हामीके अहिले पछिल्लो चरणमा अघि पनि चर्चा भयो डिजिटलको कुरा हाम्रो दशौँ पूर्ण बैठक हामीले भर्चुअल मिटिङबाट र्गयौं । जो जो राजधानीमा हुनुहुन्थ्यो उहाँहरू केन्द्रिय कार्यालयमा जानुभयो । बाँकी हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जो जहाँ छौ त्यहीबाट हामी भर्चुअल मिटिङ र्गयौ जुन बैठक हामीले महेन्द्रनगरमा गर्ने निर्णय गरेका थियौँ जुन कोरोना महामारीका कारण हुन सकेन । हामीले यस्तै पदाधिकारीहरुको मिटिङ पनि भर्चुअल बिधिबाटै गरिराखेका छौ । ११ औं पूर्ण बैठक अलि ठूलो मात्रामा सम्पन्न र्गयौं र अहिले पनि केन्द्रिय कमिटी र शाखा अध्यक्ष सहभागी हुन्छ र त्यसका लागि करिब हामी १ सय देखि डेढ सयसम्म हुने अनुमान छ । त्यो अबस्थामा पनि हामी भर्चुअल मिटिङ गर्ने एकै चोटि संभावना नभए पनि प्रदेशवाइज गरेर भए पनि भनेको टाइममा राष्ट्रिय भेला चाहिँ गर्छौ । महाधिवेशन चाहिँ कोरोनाको प्रकोप कस्तो रहन्छ त्यसै अनुसार गर्ने महाधिवेशनको मिति तय गरेर अगाडि जान्छौं ।