Indrenionline.com

जखेरालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्छ महरा

उमेश बन्जाडे

 देउखुरी २१ साउन । पुर्व सभामुख कृष्णबहादुर महराले देउखुरीको जखेरा ताललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएका छन्  । देउखुरीको पर्यटकीय स्थल जखेरा तालको बुधबार अवलोकन गर्दै महराले यस्तो बताएका । प्रतिनिधि सभाका सांसद समेत रहेका महराले ताल वरपरका भौतिक संरचनाको बारेमा जानकारी लिएका  थिए ।

सो अवसरमा उनले पर्यटकीय क्षेत्र जखेरा तालको विकासको गतिलाई अझै तीब्र बनाउनु पर्ने तर्फ जोड दिएका थिए । भ्रमणका क्रममा नेता महराले पुर्व- पश्चिम राजमार्ग अन्तर्गत श्रीगाउँ देखि जखेरा तालसम्म पुग्ने जखेरा रोड ( जुन आधाभाग मात्रै कालोपत्रे भएको छ ) को बारेमा समेत ताल संरक्षण समितिका पदाधिकारीहरु सँग चासो राखेका थिए ।

उसोत महरा पहिलोपटक जखेरा ताल आएका होइनन् । अझ गहिराईमा जानेहो भने जखेरा तालको विकासमा महराको धेरै समय अघि देखिनै चासो र सहयोग रहदै आएको यहाँका स्थानिएको भनाइ छ ।

नेता महरा आफुहरुको अभिभावक भएको र जखेरा तालको दिगो विकासमा उहाँको सधैं उच्च योगदान रहनेमा आफुहरु आशावादी रहेको जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका महासचिव लोकमणी बन्जाडेले प्रतिक्रिया दिए । विगत केहि दिन अघि देखि जिल्लाका विभिन्न पर्यटकीय सम्पदाको अवलोकन  भ्रमणमा निसकेका महरालाई लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरी, वडा सदस्य कृष्ण घिमिरे, जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रतीष्ठानका सह अध्यक्ष रविध्वज थापा, उपाध्यक्ष राम सिंघ खत्री, महासचिव लोकमणी बन्जाडे, अन्य पदाधिकारी तथा स्थानिय बासीले स्वागत गरेका थिए ।