राजेश जीसी
प्यूठान, २१ साउन। प्यूठानका ९ ओटा स्थानीय तहमा २७ करोड बेरुजू देखिएको छ । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार प्यूठानका ७ ओटा गाउँपालिका र २ ओटा नगरपालिकाको कुल २७ करोड ७८ लाख १२ हजार बेरुजू देखिएको हो ।
त्यस्तै सबैभन्दा कम झिमरुक गाउँपालिकामा १ दशमलव ५८ प्रतिशत अर्थात १ करोड १९ लाख ९४ हजार बेरुजू छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा कुनै पनि बेरुजू नदेखिएको माण्डवी गाउँपालिकामा गत आर्थिक वर्षमा ३ दशमलव २१ प्रतिशत अर्थात १ करोड ६४ लाख ५ हजार बेरुजू छ ।
यस्तै नौबहिनी गाउँपालिकाको रू। १ करोड ९३ लाख ३ हजार, सरुमारानी गाउँपालिकाको ३ करोड ५३ लाख ४६ हजार बेरुजू देखिएको छ । ६५ करोड ४८ लाख ८५ हजारको लेखा परीक्षण गरिएको ऐरावती गाउँपालिकामा १ करोड ३२ लाख ४ हजार बेरुजू देखिएको छ ।
यस्तै स्वर्गद्वारी नगरपालिकाको १ करोड ७७ लाख ५३ हजार, मल्लरानी गाउँपालिकाको २ करोड ८२ लाख ५ हजार र प्यूठान नगरपालिकाको ५ करोड ४५ लाख २ हजार बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
अघिल्लो आर्थिक वर्ष प्यूठानमा करीब ७ करोड ५० लाख बेरुजू थियो । यो वर्ष बढेर २७ करोड पुगेको हो । महालेखा परीक्षकले गौमुखी गाँउपालिकाको ७४ करोड ७१ लाख ७० हजार, झिमरुकको ७५ करोड ७७ लाख ६६ हजार, माण्डवीको ५१ करोड ४ लाख ९३ हजार, सरुमारानीको ५८ करोड ४८ लाख १४ हजार, नौबहिनीको ७५ करोड ६० हजार ८० हजारको लेखा परीक्षण गरेको थियो ।
त्यस्तै ऐरावतीको ६५ करोड ४८ लाख ८५ हजार, मल्लरानीको ६० करोड ६९ लाख ५१ हजार, स्वर्गद्वारी नगरपालिकाको ८८ करोड ८९ लाख २९ हजार र प्यूठान नगरपालिकाको १ अर्ब १५ करोड ८० लाख ३ हजारको लेखा परीक्षण गरेको कार्यालयले बताएको छ । अभियानबाट