मोरङमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण, रंगेली बजार अनिश्चितकालका बन्द
इन्द्रेणी समाचारदाता
मोरङ, २० साउन । मोरङमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेली बजारका एकै परिवारको १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
रंगेली नगरपालिकाले अर्को सूचना जारी नुहँदासम्मका लागि बजार र अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ । रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको छ ।
अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।