Indrenionline.com

अख्तियारमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालका थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । १४ सुरक्षाकर्मी र एक जना चालकमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीका अनुसार गएको शुक्रबार एक प्रहरीमा संक्रमण पुष्टि भएपछि आइतबार १८२ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलन गरिएको स्वाबमध्ये १५ जनामा संक्रमण देखिएको हो ।

अहिलेसम्म अख्तियारका १६ जनामा संक्रमण पुष्टि भएको अख्तियारका सञ्चार विज्ञ अधिकारीले बताए । थप १५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितहरुको कन्ट्याक ट्रेसिङ शुरु गरेको छ ।