मोरङ, १९ साउन । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ५ आदर्श टोलका ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुष मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ । यसअघि नेपालमा कोरोना संक्रमणबाट ५७ जनाको ज्यान गइसकेको छ ।