लमही, २८ असार
दाङ देउखुरीको लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधिहरुले नगरपालिकाका कार्यकारी अधिकृत ललित कुमार थापाको सरुवा नहुदा सम्म हरेक निर्णय तथा वैठकहरु वहिस्कार गर्ने वताएका छन । नगरपालिकाका कार्यकारी अधिकृत थापाले राजनैतिक दलहरुसंग परामर्श नगरी एकलौटी रुपमा निर्णय गर्न थालेको भन्दै उनीहरुले अधिकृत थापाकोक ामकारवाहीप्रति असन्तुष्टि जनाएका छन ।
नेकपा एमालेका तिलक बहादुर केसी, नेकपा माओवादी केन्द्रका डिल कुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका वसन्त पौडेल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता चौधरी, नेकपा मालेका सुरेन्द्र प्रसाद धितालले संयुक्त विज्ञप्ती जारी गर्दै अधिकृत थापा लमही नगरपालिकाको कार्यकारी अधिकृत रहेसम्म लमहीको विकास हुन नसक्ने उल्लेख गरेका छन् ।।