सिन्धुपाल्चोक, १९ साउन । अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी वेपत्ता भएकाहरुमध्ये तीन जनाको शव फेला परेको छ । शव फेला परेपनि उनीहरुको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ ।
उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।