Indrenionline.com

सिन्धुपाल्चोकमा पहिरोमा परी ८ जना बेपत्ता

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकमा पहिरोमा परेर ८ जना वेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

मेलम्चीमा वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले बताए ।

पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।
पहिरोमा हराएकाहरुको स्थानीयवासी र सरक्षाकर्मीको टोलीले खोजी गरिरहेको बताइएको छ ।