Indrenionline.com

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बढाएको छ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि गरेको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् । मूल्य बृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।