राजेश जीसी
प्यूठान, १७ साउन । प्यूठानका ९ स्थानीय तहमा २७ करोड रुपैया बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन अनुसार प्यूठानका सात गाउपालिका र दुई नगरपालिका गरी ९ स्थानीय तहको २७ करोड ७८ लाख १२ हजार रुपैया बेरुजु देखिएको हो ।
त्यस्तै गत आब २०७४÷०७५ मा कुनैपनि बेरुजु नदेखिएको माण्डवी गाउँपालिका यस बर्ष बेरुजु देखिएको महालेखा परिक्षक कार्यालयले बताएको छ । कार्यालयका अनुसार माण्डवी गाउँपालिकाको ३ दशमलब २१ प्रतिशत अर्थात १ करोड ६४ लाख ५ हजार रहेको छ । नौबहिनी गाउँपालिकाको १ करोड ९३ लाख ३ हजार एक सय, सरुमारानी गाउँपालिकाको ६ दशमलब ०४ प्रतिशत अर्थात ३ करोड ५३ लाख ४६ हजार बेरुजु रहेको छ ।
त्यस्तै ६५ करोड ४८ लाख ८५ हजार रुपैयाको लेखा परीक्षण गरिएको ऐरावती गाउँपालिकामा २ दशमलब ०२ प्रतिशत अर्थात १ करोड ३२ लाख ४ हजार बेरुजु रहेको छ । स्वर्गद्वारी नगरपालिकाको १ करोड ७७ लाख ५३ हजार, मल्लरानी गाउापालिकाको २ करोड ८२ लाख ५ हजार र प्यूठान नगरपालिकाको ४ दशमलब ७१ अर्थात ५ करोड ४५ लाख २ हजार रुपैया बेरुजु रहेको महालेखा परीक्षक कार्यालयले जनाएको छ । गत आब २०७४/०७५ मा प्यूठानमा साढे ७ करोड रुपैया बेरुजु आएको थियो ।