काठमाडौं– नयाँ संबिधान कार्यान्वयनका लागि देश मा अब राष्ट्रिय सहमतिको सरकारको आबश्यकता भएको ठहर गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनका लागि बाटोखोलिदिन प्रधानमन्त्री केपी ओली लाइ आग्रह गरेका छन् । सोमवार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
प्रचण्डको यो आग्रहले काँग्रेस र माओवादीवीच केही संवाद भएको संकेत दिएको छ । सोमवार दिउँसो प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न आग्रह गरेका थिए । सूत्रका अनुसार प्रचण्डको यो आग्रहमा देउवा सकरात्मक छन् ।
माओवादीभित्र एमालले सहमति कार्यन्वयन नभए विपक्षीमा बस्ने मानसिकतासहित सरकारबाट बाहिर आउनुपर्ने मत पनि छ । माओवादीले एमालेकै नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउन आफ्नो पार्टी तयार रहेको समेत प्रधानमन्त्री ओलीलाई विकल्प दिएको छ।