काठमाडौं, १६ साउन । आज नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६८ स्वाव परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना संक्रमणका कारण पछिल्लो पटक मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाका कारण ५६ जनाको मृत्यु पुष्टि भएको छ ।