Indrenionline.com

पर्सामा थपिए ४१ जना कोरोना संक्रमित

वीरगञ्ज, १६ साउन । बीरगञ्जको पर्सामा थप ४१ जनामा कारोना सङ्क्रमण देखिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार बिहीबार राति अबेर आएको परीक्षण रिपार्टमा नारायणी अस्पतालका दुई जना चिकित्सक, दुई जना स्टाफ नर्स, एक सरसफाई कर्मचारी र नेशनल मेडिकल कलेजका एक जना चिकित्सकमा सङ्क्रमण देखिएको छ ।

त्यस्तै एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत सङ्क्रमण देखिएको, दुईवटा औषधि उद्योगका चार जना कर्मचारी र मास टेस्टिङका लागि रेल्वे माविमा सङ्कलन गरिएको ११३ स्बाव नमूना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पनि अस्पताललले जनाएको छ । मास ट्रेसिङमा पोजिटिभ आएका दुई जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । पर्सामा कुल सङ्क्रमितको सङ्ख्या ३९७ पुगेको छ ।