काठमाडौं, १५ साउन। देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।
त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० केन्द्रीय विभाग, चार शिक्षण स्कुल र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय हाताभित्र क्रिकेट खेल मैदान सञ्चालनका लागि भाँडामा दिएको ४८ लाख ५५ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ ।
यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ४० करोड ५९ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । सो विश्वविद्यालयले १७ लाख ९३ हजार बेरुजु असुल्न सकेको छैन ।
त्रिविको मात्रै साढे आठ अर्ब
नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४८ लाख बेरुजु देखिएको छ । संस्कृत विश्वविद्यालयले १२ लाख १३ हजार रुपैयाँ असुल्न बाँकी रहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको नाममा १ करोड २१ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । विश्वविद्यालयले ८ लाख १३ हजार रुपैयाँ असुल्नुपर्ने देखिन्छ । लुम्बिनी विश्वविद्यालयको १५ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लुम्बिनी विश्वविद्यालयले १५ हजार रुपैयाँ अझै असुल्न सकेको छैन ।
यस्तै, पोखरा विश्वविद्यालयको ५२ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, १६ लाख ९२ हजार रुपैयाँ पोखरा विश्वविद्यालयले असुल गर्नुपर्ने देखिएको छ । कृषि तथा वन विश्वविद्यालयको नाममा ३ करोड ९९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । सो विश्वविद्यालयले ९३ लाख ७५ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ राजधानीमा प्रशान्त वलीले लेखेका छन्।
राजर्षि जनक विश्वविद्यालयको १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोहीबराबरको रकम असुल गर्नुपर्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । बेरुजु रकम अत्यधिक हुँदा विश्वविद्यालय आर्थिक प्रणालीमा मितव्ययी बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।