काठमाडौ, १४ साउन । पार्टीभित्र विवाद चुलिदै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सय ५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।
पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै उनीहरुले अहिले देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार समाधान गर्नुपर्ने बताएका छन् । नेकपा केन्द्रीय कमिटीमा ४४१ केन्द्रीय सदस्य रहेका छन् ।