काठमाडौं, १४ साउन । महोत्तरीमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका १० जना नेपाली सेना र दुई शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।
केही दिनअगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको हो ।