Indrenionline.com

पहिरोमा पुरिएर एकै घरका सातको मृत्यु

कालीकोट, १४ साउन । कालीकोटको नरहरीनाथ गाउँपालिका ७ मा सोमबार राति गएको पहिरोमा वेपत्ता सबै मृत फेला परेका छन् । स्थानीय गङ्गे बुढाको घर पुरिँदा उनीलगायत घरका सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुढाका ११ जना घर परिवारमध्ये सात जनाको पुरिएको अवस्थामा शव निकोछ ।

मृत्यु हुनेहरूमा घरमुली वर्ष ६५ का गङ्गे बुढा, उनकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रीका बुढा, उनका दुई नाति वर्ष चारका राम बुढा र ढेड वर्षका चरित्र बुढा र छोरी बिमला बुढा रहेको प्रहरीले जनाएको छ । छोरीलाई घाइते अवस्थामा उद्धार गरिएको भए पनि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।