Indrenionline.com

सीटीईभीटीको स्थगित परीक्षा हुने

इन्द्रेणी संवाददाता 

काठमाडौं,१३ साउन, । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् ९सीटीईभीटी०ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ । सरकारले कोभिड–१९ महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।