इन्द्रेणी संवाददाता
काठमाडौं, १३ साउन। पूर्वमन्त्री सुनीलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आज मंगलबामर आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका हुन्।