काठमाडौँ, १३ साउन । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । मुख्यालयमाआइतबार चार जना र मङ्गलबार २३ जना गरी २७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको उनीहरूको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लग्ने तयारी गरिएको डीआइजी शाहीले जानकारी दिए । हालसम्म फन्टलाइनमा काम गर्ने ३७८ जना सुरक्षाकर्मीमाथि कोरोना संक्रमण देखिसकेको छ ।