Indrenionline.com

पार्टीभित्रको विवाद सल्टाउन वामदेवको छ बुँदे प्रस्ताव

इन्द्रेणी संवाददाता
काठमाडौँ, १३ साउन । पार्टीभित्र विवाद चुलीदै गएका वेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले समस्या सामाधान गर्ने भन्दै ६ बुद्धाको प्रस्ताव सार्वजनिक गरेका छन् । गौतमले विवाद सल्टाउने मध्यमार्गी उपायसहितको छ बुँदे प्रस्ताव आज सार्वजनिक गरेका हुन् ।

प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ ।

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहनेलगायतका रहेका छन् ।
उपाध्यक्ष वामदेव गौतमको प्रस्ताव पत्र