काठमाडौ, १३ साउन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आज बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको बताएपनि वालुवाटारमा सुरु भएको छ । बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् । तर बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित छैनन् । पार्टीमा वहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि विवाद चुलिदै गएको छ । विवादका कारण करीव एक महिनादेखि बैठक स्थगित हुँदै आएको थियो । ओलीले दुबै पद कुनैपनि हालतमा नछोड्ने अडान राखेका छन् भने, प्रचण्ड, नेपाल, खनाल पक्ष ओलीलाई दुबै पद छोड्नुपर्ने अडानमा छन् ।