रुकुम पश्चिम, १३ साउन । रुकुम पश्चिममा पहिरोले घर बगाउँदा वेपत्ता दुई जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार राति एउटै घरमा सुतेका ६ जनामध्ये हस्तबहादुरकी आमा ६० वर्षकी झुपी, श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी ऋतुको उद्धार गरिएको थियो । पहिरोमा परी तीज जना घाइते भएका थिए ।