काठमाडौं, १२ साउन । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ । आइतवार थप दुई जनाको कोरोनाबाट मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ पुगेको हो । धनुषा र पर्सामा आइतबार एक/एक जनाको मृत्यु भएको हो ।
करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिबार प्रादेशिक अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आइतवार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएका ६५ बर्षिय एक बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।