Indrenionline.com

पेस्तोल सफा गर्दा पड्किएर प्रहरी हवल्दार घाइते

रुकुम, ११ साउन । रुकुममा एक प्रहरी हवल्दार पेस्तोल सफा गर्दा पड्किएर घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत प्रहरी हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।

आज आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिएका छन् । खड्का कोहलपुर निवासी हुन् ।