Indrenionline.com

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

बिर्तामोड, १० साउन । पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो ।

साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताए ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण भएपछि समुदायमा कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का भएको नगरका सामाजिक विकास समितिका संयोजक बरालले बताए आजको गोरखापत्रमा खबर छ । बरालले मेचीनगरवासीलाई थप सतर्क रहन आग्रहसमेत गरे ।