काठमाडौं, १० साउन । आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी पर्व । यो पर्व आज घरघरमा नाग देवताको पुजा गरेर मनाउदैछन् भने नागेश्वर मन्दिरहरुमा पुजाआजा गर्ने चलन छ ।
आजको दिन नागको पुजा गर्नाले नाग देवता खुशी हुने विश्वस रहेकाले पुरोहितद्धारा घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यो दिनलाई वर्षायाम समाप्त भइ हिउँद सुरु भएको विश्वस पनि गरिन्छ । यो पर्व धुमधामका साथ मनाउने चलन छ ।