काठमाडौं, ७ साउन। नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका एक ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।
उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको अस्पताल प्रशासनमा कार्यरत माधवप्रसाद घिमिरे जानकारी दिएका छन् ।