Indrenionline.com

नेपालमा १२० दिनपछि लकडाउन हट्यो

काठमाण्डौ, ७ साउन । १२० दिनपछि सरकारले लकडाउन हटाएको छ । जसअनुसार गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार राति १२ बजेदेखि हटेको हो ।

कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताए ।

लकडाउन हटाएपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छन् ।

भदौ १ गतेदेखि स्कूलहरुले भर्ना लिन पाउने छन् भने रोकिएका परीक्षा सञ्चालन गर्न लाउने छन् । तर अर्काे निर्णय नआउदासम्म पठनपाठन भने सञ्चालन हुने छैन ।

त्यसैगरी भदौ १ गतेदेखि लामो दुरीका सवारीका साधन पनि चल्ने छन् । साउन १५ गतेदेखि होटल तथा पर्यटन सम्बन्धी उद्योग खुल्न पाउने सरकारको निर्णय छ ।