Indrenionline.com

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन, ६ साउन । अविरल वर्षातका कारण सडकमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड  एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन सडक कार्यालय चितवन भरतपुर र मुग्लिनबाट आएका टोलीले लोडरले पहिरो हटाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

पहिरो हटाउन तीन वटा लोडर परिचालन गरिएको थियो । सडकमा पहिरो  आउदा सो सडकखण्ड सोमबार विहानदेखि नै अवरुद्ध भएको थियो ।