Indrenionline.com

नेपालमा कोरोना संक्रमितको संख्या १७८४४ पुग्यो

काठमाडौं, ५ साउन। नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल आईसोलेशनमा ५ हजार ९३६ जना रहेका छन् । उक्त मन्त्रालयका अनुसार हालसम्म ३ लाख १९ हजार ८७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।  देशभर हाल २२ हजार २२८ जना क्वारेन्टाइनमा रहेका छन् ।