प्यूठान, ४ साउन । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । गए राती करीव १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुदा सात जनाको मृत्यु भएको हो ।
Phot File
मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ । ट्याक्टरमा सवार १ जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ ।