काठमाडौं, १ साउन । यस वर्ष पाँच सय ७६ स्थानीय तहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यलाई पारिश्रमिक, बैठक भत्ता, अतिथि सत्कार खर्च, सञ्चार महसुल, यातायात खर्चलगायतमा चार अर्ब २९ करोड ६७ लाख खर्च गरेका छन् । यसरी प्रदेश सरकारद्वारा जारी गरिएको कानुनविपरीत हुने गरी थप सुविधा दिइनु नियमसम्मत देखिएन ।
सोही ऐनमा कार्यालय सहयोगी, नगर प्रहरी, सवारीचालक, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैँचा सरसफाइजस्ता पदमा स्थायी पदपूर्ति नगरी सार्वजनिक खरिद ऐनबमोजिम प्रतिस्पर्धाका आधारमा करारमा भर्ना गर्न सक्छ, तर दरबन्दी तय नगरी करारमा कर्मचारी भर्ती गरिएकोमा महालेखाले टिप्पणी उठाएको छ ।