दाङ लगायत देशभर सोमवारदेखी ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु भएको छ । प्रहरीको नागरिमैत्री कार्यक्रममार्फत समाजमा प्रहरीलाई साथी भन्ने भावना र सम्वन्धको विकास गरि नेपाल प्रहरीको छविलाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ पहिलो चरणमा यो कार्यक्रम सुरु भएको हो । देशैभर एकसाथ सुरु गरिएको ‘प्रहरी मेरो साथी’ कार्यक्रमको दाङ लगायत देशभर भव्य कार्यक्रमको साथमा सुभारम्भ गरिएको छ । जसको दाङमा पनि भव्य कार्यक्रमका विच यस कार्यक्रमको सुभारम्भ गरिएको छ ।
कार्यक्रममा अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक प्रेम चन्दले नागरिक सम्वन्धी सबै कार्यक्रमलाई व्यवस्थित, संस्थागत तथा प्रभावकारी रुपमा अगाडी बढाउनकालागी प्रहरी मेरो साथी कार्यक्रमको अपधारणा आएको जानकारी दिनुभयो । उहाँले लागुृऔषध दुव्यर्सन, महिला तथा बालबालिका विरुद्ध हिंसा, मानव तस्करी, स्वास्थ्य सुरुक्षा, सामाजिक कुरिति, चाडवाड सुरक्षा, प्रकोपसम्वन्धी सचेतनामूलक कार्यक्रम ‘प्रहरी मेरो साथी’ अन्तरगत हुने बताउनभुयो ।
प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षता एवं जिल्ला न्यायधिश बलभद्र बास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जिल्लामा अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा सुव्यवस्थित गर्नकालागी जिल्ला प्रहरी लागीपरेको भन्दै यसमा सहयोग गर्न नागरिहरुमा अनुरोध गर्नुभयो । जिल्लामा प्रहरीले गर्ने सम्पूर्ण क्षेत्रका कामको बारेमा अब कार्यनिती बनाएर अगाडी बढ्नकालागी प्रहरी मेरो साथी कार्यक्रमले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । पिडीतले प्रहरी मेरो साथी हो भन्ने अनुभुति गरेमा मात्र ‘प्रहरी मेरो साथी’ कार्यक्रमले सार्थकता पाउने बताउनुभयो ।
साथै उहाँले यो अनुभुति हुने गरि प्रहरीले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनm नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।