Indrenionline.com

नेपालमा थप ८२ सङ्क्रमित, कुल १६ हजार ८०१ पुग्यो

काठमाडौँ, २८ असार । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा आठहजार १७४ रहेका छन् ।