काठमाडौँ, २५ असार । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ, १९ भन्दा बढी सम्पर्कबाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो । केही मान्छे बेपत्तासमेत भएका छन् ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य गरिरहेको जानकारी दिए । उनका अनुसार नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११ः३० बजेबाट बाढी आउँदा उक्त क्षति भएको हो ।
बाढीले बगाएका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताए । गोरखापत्र अनलाइनबाट