काठमाडौं, २५ असार । आजदेखि चार दिनसम्म भारी वर्षा हुने बताइएको छ । मौसमविद्धहरुका अनुसार आजदेखि नेपालका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ ।
सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ ।