काठमाडौं, २४ असार । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । गत २४ घण्टामा देशभर २०४ जनामा कोरोना पुष्टि भएको छ । गोरखापत्रबाट