रोल्पा, २२ असार । रोल्पाको गंगादेव गाउँपालिका–४ का ७३८ घरलाई फिल्टर वितरण गरिएको छ । सुरक्षित खानेपानी उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार भएको बताउँदै गाउँपालिकाले नागरिकको अधिकार सुनिश्चित गर्ने उद्देश्यले फिल्टर वितरण गरेको जानकारी दिएको छ ।
वडा नम्बर ४ को कार्यालय म्वालेखोलामा शुक्रवार फिल्टर वितरण गरिएको हो । फिल्टर पाएपछि स्थानीय हर्षित भएका छन् । जनताका लागि यो नयाँ काम भएको वडाध्यक्ष रामबहादुर ओलीले बताए अभियानमा खबर छ। वर्षायाम शुरू भएसँगै खानेपानीको मुहानमा बाढी तथा पहिरो पस्ने भएकाले फोहोर पानीकै कारण हुने झाडापखाला तथा अन्य पानीजन्य रोगबाट बच्न फिल्टर वितरण गरिएको उनको भनाइ छ ।