काठमाडौं, २२ असार । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । योसँगै भारत विश्वमा कोरोना संक्रमणमा तेस्रो स्थानमा उक्लिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।