Indrenionline.com

आज थपिए नेपालमा २९३ जनामा कोरोना संक्रमित, कूल संक्रमित १५७८४ पुग्यो

काठमाडौं, २१ असार । नेपालमा आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् । हालसम्म आईसोलेशनमा ९ हजार २०३ जना रहेका छन् भने क्वारेन्टाइनमा ३१ हजार ५७३ जना रहेका छन् ।