Indrenionline.com

चौरजहारीमा किसानलाई १ करोड बराबरको भैंसी वितरण

रुकुम, १८ असार। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले करीब १ करोड मूल्य बराबरका १५० ओटा भैंसी तथा ३ ओटा राँगा वितरण गरेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रू। १ करोड बजेटबाट चौरजहारी नगरपालिकाले भैंसी र राँगा वितरण गरेको हो ।

९० लाख दरका १५० ओटा मोरराक्रस जातका भैंसी र ३ लाख ४० हजार दरका ३ ओटा राँगासहित ९३ लाख ४० हजारका भैंसी तथा राँगा वितरण गरिएको नगरपालिकाले बताएको छ । यस्तै उक्त भैंसी तथा राँगाको रू। ५ लाखको पशु बीमा पनि गरिएको छ अभियानमा खबर छ।

भैंसीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले चौरजहारी नगरपालिले नगर क्षेत्रभित्र २ ओटा पकेट क्षेत्र निर्माण गरेको छ । चौरजहारी नगरपालिका–४ र ५ लाई एउटा पकेट र वडाहरू ११, १२ र १४ लाई समेटेर अर्को पकेट क्षेत्र घोषणा गरिएको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिइन् ।

चालू आर्थिक वर्षको बजेटबाट नगरपालिका क्षेत्र भित्रका १५३ जना किसानलाई भैंसी वितरण गरेको पशु सेवा केन्द्रका कार्यालय प्रमुख गणेश वुढामगरले बताए । उनले भने, पशुपालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भैंसी वितरण गरिएको हो ।’